राजेन्द्र ठगुन्ना
डडेलधुरा, २३ मंसिर । सरकारले हालै घोषणा गरेको डडेल्धुराको परशुराम नगरपालिकामा मंगलबारदेखि कामकाज सुरु हुने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मंगलबारदेखि नै काम सुरु गर्ने निर्णय भएको थियो ।
परशुराम नगरपालिकामा तत्कालिन २ ओटा गाविस गाभिएका छन् । गाभिएका गाविसहरुमा जोगबुढा र शीर्ष रहेका छन् । नगरपालिकाको काम मंगलबारबाटै तत्कालिन जोगबुढा गाविसका सचिव यमुनादत्त जोशीले नगरपालिकाको निमित्त प्रमुखको रुपमा रहेर गर्नुहुने छ ।
उहाँलाई सिनयिर र जेष्ठताका आधारमा नगरपालिकाको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । तर नगरपालिकाका वडा भने घोषणा गरिएको छैन् ।
वडाको बिभाजन सर्वदलीय बैठकबाट केही समय भित्रै गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो ।















प्रतिक्रिया