२ कार्तिक २०८३, सोमबार

‘विप्लव’को ठूलो जनवर्गीय संगठन माओवादीमा बिलय

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वास्थ्य श्रमिक संघ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा बिलय भएको छ ।

‘नेकपा’ निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य श्रमिक संघका केन्द्रीय संयोजक भीमसेन बुढाथोकीसहितका बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई ‘प्रचण्ड’ले पेरिसडाँडामा विशेष कार्यक्रम गरेर पार्टीमा भित्र्याएका हुन् ।

संयोजक बुढाथोकीले ‘नेकपा’ छाडेर माओवादी केन्द्रमा प्रवेश गरेको बताए । उनले भने, ‘नेकपामा बस्न मन लागेन । माओवादी केन्द्रको राजनीतिक कार्यदिशा मन परेकाले साथीहरूसहित प्रवेश गरेका हौँ ।’

स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो संगठन माओवादी केन्द्रमा बिलय भएपछि महासचिव ‘विप्लव’ तनावमा परेका छन् । स्रोतका अनुसार स्वास्थ्यसम्बन्धी यो संगठन ‘नेकपा’को सबैभन्दा ठूलो जनवर्गीय संगठन मानिन्छ ।

‘नेकपा’को पछिल्ला राजनीतिक गतिविधिप्रति असहमति जनाएर पार्टी छाड्नेहरू बढ्दै गएका छन् । ‘नेकपा’का नेता तिलक मल्ल ‘क्षितिज’सहितका नेताहरूले पनि पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।

‘नेकपा’को प्रभावशाली संगठन जनस्वयं सेवकका तत्कालीन संयोजक झकबहादुर मल्ल मल्ल ‘सुदीप’ले पनि पार्टी छाडि सकेका छन् ।