१४ कार्तिक २०८३, शनिबार

सक्रिय राजनीति गर्ने राष्ट्रपति भण्डारीको इच्छाले एमालेभित्र तरङ्ग

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् ।

राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा छोटो समय रहेर बिदा हुन लागेका कारण सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्ने गरेकी छिन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘नदोहोरिएको अवस्थामा सम्भवतः उहाँ सक्रिय राजनीतिमा आउन पनि सक्नुहुन्छ, पटक–पटक राष्ट्रपति फेरिँदा राज्यलाई भार पर्ने भएकाले सेवा–सुविधा परित्याग गर्न सकिने उहाँको कुरा छ, विश्वका कतिपय मुलुकमा त्यस्ता उदाहरण रहेकाले उहाँले अनौपचारिक भेटघाटमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्दै आउनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

त्यसो त, राष्ट्रपति हुनुअघि एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले नवौँ महाधिवेशनलगत्तै आफूलाई अध्यक्ष केपी ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

यसक्रममा उनले नवौँ महाधिवेशनमा ओलीलाई सघाउने केन्द्रीय सदस्य, भ्रातृ संगठनका पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उपस्थितिमा एक कदम अघि बढेर छुट्टै भेला गरी उनले पार्टीमा ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

ओलीले राष्ट्रपति बन्ने ‘अफर’ गरेपछि पनि केही समय द्विविधामा परेकी उनले धेरै निकटस्थसँग परामर्श गरेर मात्र जिम्मेवारी सम्हाल्ने निर्णय लिएकी थिइन् ।