
लस एन्जलस । हलिउडका प्यारा जोडी जेनिफर एनिष्टोन र पति जस्टिन थेरोक्सले बिहीबार अलग्गिएको घोषणा गरेका छन् । करिव ३ वर्षको विवाहपछि उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै अलग्गिएको घोषणा गरेका हुन् ।
४९ वर्षीया एनिष्टोनले २०१५ को अगष्टमा ‘द लेफ्टओभर’ नायक जस्टिनसँग लस एन्जलसमा गोप्य रुपमा विवाह गरेकी थिइन् । जारी विज्ञप्तिमा छुट्टिनुको कारण बारे खुलाइएको छैन ।

अमेरिकाकी प्रतिष्ठित सेलेब्रिटीमध्येकी एक जेनिफरले यसअघि ब्राड पिटसँग विवाह गरेकी थिइन् । २००५ मा पिटले जेनिफरसँग सम्बन्ध विच्छेद गरेर नायिका एन्जेलिना जोलीसँग विवाह गरेका थिए ।
तर २०१६ मा पिट र जोली अलग्गिएका थिए । पिट हाल सिंगल छन् । जस्टिनसँगको सम्बन्ध विच्छेद पछि हलिउड स्टार जेनिफरले पूर्वपति ब्राड पिटसँग पुनर्मिलन गर्न सक्ने बताइएको छ । –रोयटर्स















प्रतिक्रिया