२९ आश्विन २०८३, बिहिबार

नक्कली पैसा दिएर सुन किन्ने चौधरीको घरबाट सुन बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????तुलसीपुर, २३ मंसिर । गत मङ्सिर ९ गते तुलसीपुर बजारको पिपलबोटनजिक  रहेको  विजय सुनचाँदी पसलबाट रु एक लाख ३३ हजार नक्कली र रु १८ हजार सक्कली दिएर सुन लगेर फरार भएका व्यक्तिको घरबाट सोमबार दाङ प्रहरीले उक्त सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठोरले दिनुभएको जानकारीअनुसार त्रिपुर नगरपालिका बुटनियाका १९ वर्षीय आशीष चौधरीको घरबाट उक्त सुन बरामद गरिएको हो ।

केही दिनअघि चौधरी नक्कली नोट कारोबारमा काठमाडौँमा
पक्राउ परेपछि दाङ प्रहरीले थप अनुसन्धानका क्रममा सोमबार बिहान उनको घरमा छापा मार्दा दुई थान मङ्गलसूत्र, दुई थान औँठी र चार थान झाला बरामद गरेको प्रनाउ राठोरले जानकारी दिनुभयो ।

यसैबीच दाङ प्रहरीले घोराहीमा पत्रकारसम्मेलन गरी सुन किन्दा दिएको नक्कली रुपैयाँ र बरामद सुनका गरगहना सार्वजनिक गरेको अभियुक्त चौधरीलाई यसअघि नै महानगरीय प्रहरीवृत्त महाराजगन्ज काठमाडौँमाले पक्राउ गरी थुनामा राखिएको छ भने निजका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा ठगी तथा खोटा चलनसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रनाउ चक्रराज जोशीले जानकारी दिनुभयो ।

गत मङ्सिर १८ गते पनि दाङ प्रहरीले निजको घरमा खानतलासी गर्दा ५०० का १६ वटा नक्कली नोट र स्क्यानर मेसिन लगायतका सामान बरामद गरेको थियो । रासस