काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो वाम प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्दैछन् ।
ललितपुरको सानेपास्थित अधिकारीको शालिकमा माल्यार्पण गर्न प्रधानमन्त्री ओली शुक्रबार दिउँसो २ बजे त्यहाँ पुग्दैछन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली बिहीबार मात्र नेपालको ४१ औँ र आठौँ वाम प्रधानमन्त्री बनेका थिए ।
शपथलगत्तै बिहीबार प्रधानमन्त्री ओलीले लैनचौर पुगेर शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । बिहीबार नै नै बल्खु पुगेर उनले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । चम्पादेवी पुगेर कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा समेत माल्यार्पण गरेका थिए ।
ओली यी स्थानमा सधैँ विशेष अवसरमा पुग्ने गरेका छन् ।















प्रतिक्रिया