१ कार्तिक २०८३, आइतबार

त्रिशूलीमा चीनको लगानीमा १०२ मेगावाटको आयोजना बन्ने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा बन्ने १०२ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

२० अर्ब ३८ करोड रुपैयाँको लागतमा बन्ने उक्त आयोजना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजीनामा दिनुभन्दा केहीदिन अगाडिमात्र दिएको हो ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जलविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकोमा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको निवर्तमान उद्योगमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए ।