२ कार्तिक २०८३, सोमबार

वाम गठबन्धनको सरकार बन्दै गर्दा प्रचण्डले बोलाए आकस्मिक बैठक

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । माओवादी केन्द्रको आकष्मिक बैठक आज बस्दैछ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारेमा छलफल गर्न बैठक बोलाइएको नेता दीनानथ शर्माले जानकारी दिए ।

एमालेसँगको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा प्रचण्डले पार्टीभित्रै छलफल चलाउन लागेका हुन् ।
बुधबार पार्टी एकता घोषणा हुने भनेर प्रचार गरिए पनि हुन सकेन । कुन मोडालिटीमा एकता गर्ने भन्ने विषय भने सहमति नजिक पुगेको बताइएको छ ।

एकता मोडालिटीको बारेमा पनि प्रचण्डले पार्टीभित्र जानकारी गराउने अनुमान गरिएको छ । अर्कोतिर मोडालिटीमा पार्टीको तल्लो तहसम्मलाई कसरी समेट्ने भन्ने विषयमा सल्लाह लिनका लागि पनि बैठक बोलाइएको हुन सक्ने माओवादी नेताहरुले बताएका छन् ।

एकताका लागि अझै पनि पदीय व्यवस्थापनमा कुरा नमिलेकाले प्रचण्डले बैठकमा छलफल चलाउन लागेका हुन् ।

एमालेभित्रैबाट पनि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको मात्रै पद व्यवस्थापन गरेर पार्टी एकता हुन नसक्ने आवाज उठिरहेको छ।

ओली र प्रचण्डको मात्रै व्यवस्थापन गरेर हुँदैन भनेर एमाले नेता माधव कुमार नेपालले भनिसकेका छन् ।