२ कार्तिक २०८३, सोमबार

देउवालाई ज्योतिषीले के सल्लाह दिए ?

39.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषीको पनि निकै भर पर्छन् । चुनाव प्रचारप्रसारका क्रममा ज्योतिषीले आफूलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको बताएका थिए । उनको त्यो भाषणले निकै चर्चा कमाएको पनि थियो ।

प्रधानमन्त्री भएपछि ज्योतिषीको सल्लाहमा बालुवाटार सरेका देउवा यतिबेला बालुवाटार छाड्दा पनि ज्योतिषीकै सल्लाह अनुसार अघि बढ्न चाहेको खुलासा भएको छ । ज्योतिषीले उनलाई फागुन ५ गतेअघि नै बालुवाटार छाड्न सुझाव दिएका छन् ।

ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएपछि उनले फागुन ५ अघि नै बालुवाटार छाड्न लागेका हुन् । उनी गत असार ५ गते बिहान ५ बजेर २२ जाँदा बालुवाटार प्रवेश गरेका थिए।

२०७४ जेठ २३ गते प्रधानमन्त्री बनेपनि उनी दुई सातापछि मात्र बालुवाटार प्रवेश गरेका थिए । सरकारी निवास छाडेपछि देउवा बुढानिलकण्ठस्थित आफ्नो निवासमा जानेछन् ।