२ कार्तिक २०८३, सोमबार

आईसीसी डिभिजन टु : नेपालले पायो १९५ रनको लक्ष्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पाँचौ तथा अन्तिम खेलमा नेपालसामु बुधबार क्यानडाले १९५ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनाएको छ । क्यानडाका लागि श्रीमान्था विजेरत्ने शतक प्रहार गरेका छन् । उनले २२४ बल खेल्दै १०३ रन बनाएका छन् । त्यस्तै, हाम्जा तारिकले २४, सत्सीम रञ्जीतले १८ रनको योगदान गरे ।

नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २ तथा करन केसी र शरद भेषवाकरले समान १ विकेट लिए । नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खेल नेपालको लागि विश्व क्रिकेट लिग डिभिजन २ को अति महत्वपूर्ण खेल हो । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले ४ खेलमध्ये ३ मा विजय हासिल गरेको छ । नेपाललाई विश्व छनोटमा पुग्नको लागि आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ ।