२ कार्तिक २०८३, सोमबार

आईसीसी डिभिजन टु : टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पाँचौ तथा अन्तिम खेलमा नेपालले बुधबार क्यानडासँग खेल्दैछ ।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले क्यानडाले ब्याटिङ शुरु गरेको छ । क्रिजमा अहिले क्यानडाका श्रीमान्था विजेरत्ने र रुविन्दु गुनासेकेरा छन् ।

यो खेल नेपालको लागि विश्व क्रिकेट लिग डिभिजन २ को अति महत्वपूर्ण खेल हो । नेपाललाई विश्व छनोटमा पुग्नको लागि आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले ४ खेलमध्ये ३ मा विजय हासिल गरेको छ ।