२९ आश्विन २०८३, बिहिबार

गरे के हुँदैन ? मौरीकृषकलाई छ करोड आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahuri-Beeजुम्ला, २३ मंसिर । जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसवर्ष मौरी कृषकले रु ६ करोड बराबरको आम्दानी गरेको जनाएको छ ।

जिल्लाका विभिन्न गाविसमा गरिएको तथ्याङ्क सङ्कलन अनुसार मौरी किसानका ३० हजारदेखि ४० हजार मौरीका घार रहेका छन् ।

एउटा घारमा मात्र सरदर पाँच केजी मह उत्पादन हुन्छ ।

जिल्लामा दुई लाख केजीसम्म मह उत्पादन गरिएको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो ।

अधिकृत बुढाका अनुसार दुई लाख केजीमा करिब ७५ हजार केजी मात्र मह बेचे पनि जुम्लाका किसानले करिब रु ६ करोड आम्दानी गरेको तथ्याङ्क निस्कन्छ ।

जुम्लाका सबैजसो गाविसका किसानले मौरी पाल्ने गर्दछन् ।

यसरी मौरी पालनबाटै ग्रामीण क्षेत्रका जनताले राम्रो आम्दानी लिएका छन् ।

उनीहरुका लागि मह जीवननिर्वाह र आम्दानीको प्रमुख स्रोत पनि बनेको छ ।

यसका लागि कृषि विकास कार्यालयले उन्नत् घार बनाउने कार्यक्रमलाई पनि जोड दिँदै आएको बाली संरक्षण अधिकृत बुढाले बताउनु भयो ।

जुम्लेली किसानका लागि स्याउ, मह, सिमी, आलु, ओखर आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ ।

पछिल्लो समयमा कृषि विकास कार्यालयले किसानलाई आकर्षक खालका कार्यक्रम पनि सञ्चालन गरी सबै थोक स्वदेशमै छ भन्ने कुरा सिकाएको छ ।