२९ आश्विन २०८३, बिहिबार

ओलीको आरोपमा सञ्चिता र किशोर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarop Nepali Movi Amar Oliकाठमाडौं, २३ मंसिर । ‘नाई न भन्नु ल ३’ चलचित्रबाट अभिनयमा पुनरागमन गरेकी अभिनेत्री सञ्चिता लुइटेल अहिले अभिनयमा ब्यस्त हुँदै जान थालेकी छन् ।

अर्थात उनको हातमा एकपछि अर्काे चलचित्र पर्न थालेका छन् ।

‘नाइ न भन्नु ल ३’ भर्खर सकाएकी उनी फेरि ‘आरोप’मा देखिदै छिन् ।

यो चलचित्रमा सञ्चिता पहिले झै दमदार मुख्य भूमिकामा देखिन लागेकी हुन् ।

उनीभन्दा कान्छा अभिनेता किशोर खतिवडा यसमा जोडीका रुपमा छन् ।

दिलासा क्रियशन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘आरोपको’ मुहूर्त गरिएको छ ।

सोमबार राजधानीको भद्रकाली मन्दिर परिसरमा चलचित्रको मुहूर्त गरिएको हो ।

निर्माता, वितरक प्रदीपकुमार उदयले निर्देशन गरेको मुहूर्त सटमा सञ्चिता र किशोर खतिवडाले अभिनय गरेका थिए ।

मुर्हूत सटको क्यामेरा स्वीचअन निर्माता सुनिल रावलले गरे भने निर्देशक सुमन दाहालले क्ल्याप ठोके ।

रङ् पत्रकार लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रलाई अमर ओलीले निर्देशन गर्न लागेका हुन् ।

दिनेश पाठक र विजय सापकोटा र निर्माता रहने यो चलचित्रमा किशोर र सञ्चिताका अलवा सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दीपिका ढकाल, भूमेश्वर भट्टराईलगायतको अभिनय समेटिने छ ।

मंगलबारबाट छायांकनमा जाने चलचित्रको नवलपरासी, चितवन र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

कमेडी र एक्सनमा बन्न लागेको ‘आरोप’ निर्देशक ओलीको तेस्रो चलचित्र हो ।

अभिनयमा खारिएका निर्देशक ओलीले ‘आरोप’मा  ठूलो अपेक्षा लिएको बताए ।

यस अगाडि ओलीले ‘धर्तीपुत्र’ र ‘वे टु इञ्जुरी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रमा वीरेन्द्र भट्टको छायांकन, सानुकुमार महर्जनको द्वन्द्व , विकास र गणेश चौधरीको संगीत रहने छ ।