२ कार्तिक २०८३, सोमबार

झलनाथ खनाल र माधव नेपाल समूहको काठमाडौँमा गोप्य भेला, ओलीलाई अप्ठेरो पार्ने संकेत

38.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि पहलकदमी लिँदै गर्दा उनीविरुद्धको गुटबन्दी सुरु भएको छ ।

अध्यक्ष ओलीले एकलौटी ढंगले गतिविधि अघि बढाएको भन्दै उनीविरुद्धको क्याम्पेनिंग सुरु भएको हो । यसैक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल निकट नेताहरुको काठमाडौँमा गोप्य भेला भएको छ । एमाले नेता नेपाल चितवनबाट फर्खनासाथ मंगलबार साँझ काठमाडौंको कुनै एक नेताको घरमा गोप्य भेला भएको हो । भेलामा एमालेका स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कमिटीमा रहेका नेताहरुको सहभागिता थियो ।

अध्यक्ष ओलीले हालै सम्पन्न निर्वाचनमा टिकट वितरणदेखि प्रदेशको मुख्यमन्त्री बनाउनेबारे सम्म आफूहरुलाई वास्ता नगरेको बरु उल्टै आफ्नो गुटका नेताहरुलाईमात्रै पक्षपोषण गरेको भन्दै उनीहरुले यस्तो गोप्य भेला गरेका हुन् ।

अब बन्ने सरकारको नेतृत्व एमालेले गर्ने निश्चित छ । यस्तो अवस्थामा ओलीले पुनः केन्द्रीय सरकारमा समेत आफूहरुलाई बाईपास गर्न सक्ने आँकलनसहित खनाल नेपाल पक्षधरहरुले भेला गरेर त्यसको विरुद्धमा सशक्त भएर लाग्ने मंगलबारको गोप्य भेलामा छलफल भएको स्रोतको दाबी छ । मंगलबारको भेलाले ओलीलाई पार्टीभित्र थप अप्ठेरो पार्न सक्ने देखिएको छ ।