१ कार्तिक २०८३, आइतबार

आफन्तबाटै यूएईमा बेचिइन् नेपाली युवती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-mijar-sold

यूएई, २१ मंसिर । आफन्तले नै झुक्याएर यूएई ल्याई ६ महिनासम्म बिभिन्न दुःख भोगेकी शान्ता मिजार घर फर्कन पाउने भएकी छिन् ।

बिगत केहि समयदेखि नेपाली राजदुतावास आबुधाबीको महिला सेल्टरमा बस्दै आएकी मिजार आइतवार आबुधाबी इमिग्रेसन जाँदैछिन् । उनलाई आबुबिधाको इमिग्रेसनले टिकट लगायतका लागि १५ सय दिर्हाम जम्मा गराउन भनेको तर आफूसँग उक्त पैसा नभएकाले सहयोगको अपिल गरेकी थिइन् । सेप्टेम्बर ३० का दिन सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी मिजारलाई उद्धार गरी दुतावास पुर्याइएको थियो। इमिग्रेसनले मागे बमोजिमको उक्त रकम प्रवासी नेपाली मञ्च यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई र काभ्रे सम्पर्क समिती यूएईले संयुक्त रुपमा प्रदान गरेका हुन् ।

गत आइतवार दुतावासमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाका सामु मञ्चका महासचिव उत्तम अधिकारी, गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्णप्रसाद भुसाल तथा नेपाली बिजनेस काउन्सिल दुबईका सचिव दिपकराज पौडेलसहितको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । त्यस क्रममा मिजारले आफू चाँडै इमिग्रेसन जाने र २ दिन जति त्यहाँ (इमिग्रेसनको डिपोर्ट सेन्टर) बसेपछि मुलुक फर्कन पाउने सूचना आफूलाई प्राप्त भएको बताइन् । इमिग्रेसनमा उक्त रकम जम्मा गराएपछि नेपाल जाने टिकट त्यहीं प्राप्त हुने जानकारी आफूले पाएको उनले बताइन् ।

आफन्तको ललाईफकाइमा यूएई आइपुगेकी उनको कथा यस्तो छ:

आफन्तको ललाईफकाईमा उनी भारतको बाटो हुँदै थाहै नपाई यूएई आइपुगेकी थिइन् । काभ्रे भकुन्डेवेसी स्थायी घर भएकी उनलाई सिन्धुपाल्चोककी सानीआमा नाता पर्ने मिना र तिनकी साथी कविताले फकाएर काठमाडौँ पुर्याएका थिए । त्यहाँबाट कविताको श्रीमान रामबहादुर तामांगले रात्रिवस चढाएर गत जेष्ठ १४ गते भारत पुर्याएको उनी बताउँछिन् । आफूले जान्न खोज्दा १ दिनपछि नेपाल पठाउने भन्दै आफ्नो जानकारीबिना नै दुबई ल्याइएको र यी सबैकुरा आफूलाई थाहा नै नभएको मिजारले बताएकी छिन् । “यहाँ आएपछि मलाई बिभिन्न स्थानमा बिभिन्न घरायसी काम गर्न लगाइयो, कुटपिट पनि गरियो र कसैसँग सम्पर्क र भेटघाट गर्न पनि दिइएन। तब मैले आफूलाई बेचिएको रहेछ भन्ने थाहा पाएँ”-उनी भन्छिन् ।

Shanta-mijar-sold-chelibeti-bechbikhan

उनको साथमा पासपोर्ट तथा त्यसको प्रतिलिपि नहुँदा र पासपोर्टको बिबरण तथा यूएई छिरेको एयरपोर्टको समेत उनलाई ज्ञान नभएका कारण दुतावासलाई उनको पासपोर्ट प्राप्त गर्न निकै कठिनाई भएको थियो । अब भने आफ्नो मातृभूमि फर्कन पाएकामा उनले ढुक्क महशुस गरेकी छिन् । भन्छिन् “म विदेश आउदिन”।