काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को अाफ्नाे चौँथो खेलमा नेपालले सोमबार केन्याविरुद्ध खेल्दैछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले नेपालसामु १७८ रनको विजय लक्ष्य पेश गरेको छ । केन्याले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनाएको हो ।
केन्याका लागि इर्फान करिमले ४२, एलेक्स ओबाण्डाले ४१, कोलिन्स ओबुयाले २७ तथा नेलशन अाेढियाम्बाेले अविजित २४ तथा सेम गाेचेले अविजित २३ रन बनाए । नेपालका सन्दीप लामिछानेले ५ तथा सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान १ विकेट लिए ।
नेपालले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ ।















प्रतिक्रिया