१ कार्तिक २०८३, आइतबार

सभासद् खड्काको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त, अन्त्येष्टि बागलुङमै गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-bahadur-khadka

काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेसले बाग्लुङ क्षेत्र नं १ का निर्वाचित सभासद् एवम् नेपाली काँग्रेस बागलुङ जिल्ला कार्यसमितिका सचिव हरिबहादुर खड्काको आइतबार राति निधन भएकोमा शोक प्रकट गरेको छ ।

उहाँको निधनबाट नेपाली काँग्रेस पार्टी तथा नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको पाटीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुःखको यस घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा काँग्रेसले समवेदना प्रकट गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई राखिएको थियो । खड्काको पार्थिव शरीर आजै अन्त्येष्टिका लागि गृह जिल्ला बागलुङ लैजाने मुख्य सचिव ऋषिकेश तिवारीद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बागलुङ जिल्ला कालिका नगरपालिका–१ निवासी ५० वर्षीय खड्का मंसर १७ गते बागलुङ पैंयूपाटामा आयोजित धार्मिक कार्यक्रममा जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । महासमिति सदस्य एवम् नेपाल तरुण दलको पूर्वकेन्द्रीय सदस्य रही सक्नुभएका स्व खड्काका श्रीमती र दुई छोरा हुनुहुन्छ ।