१ कार्तिक २०८३, आइतबार

माघ ८ मै संविधान जारी हुने आधार न्यून: मधेशी नेता शुक्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbendranath-sukla

विराटनगर, २२ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले भावनात्मक आधारमा माघ ८ गते संविधान जारी हुने दलहरुले घोषणा गरे पनि यसको कुनै वैज्ञानिक आधार नभएकाले सो समयमा संविधान जारी हुने सम्भावना न्यून रहेको बताउनुभएको छ ।

सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाटको कार्यक्रममा उहाँले द्वन्द्वरहित संविधान जारी गर्नुपर्ने भएकाले सबैको सहमति आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले राज्यको सङ्ख्याको विषयमा खासै विवाद नरहेको र राज्यको सीमाङ्कनलगायतमा विषयमा विवाद कायमै रहेको खुलस्त पार्नुभयो ।

सङ्घीयतासहितको संविधान नै जारी हुने कुरा स्पष्ट गर्दै महामन्त्री शुक्लाले राज्य पुनःसंरचनालगायतको विषयमा जनमत सङ्ग्रहको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।