२ कार्तिक २०८३, सोमबार

माओवादीले पनि बनायो समानुपातिकको लिष्ट, को–को परे सूचीमा ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । माओवादी केन्द्रले पनि समानुपातिकतर्फको सूची बुझाउने अन्तिम तयारी गरेको छ ।

माओवादीले समानुपातिकबाट छनौट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।

आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती मगर, यशोदा गुरुङ र अमृता थापालाई मनोनीत गर्नुपर्छ ।

माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउनु पर्ने समानुपानिक निर्वाचनसम्बन्धी निर्देशिकाले प्रष्ट पारेको छ । महिलातर्फ दलितको पहिलो नम्बरमा रहेकी अञ्जना विशंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विक नै सांसद बन्ने निश्चित छ ।

मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक छनोट हुनेछन् ।

माओवादीको पिछडिएको क्षेत्रबाट बन्द सूचीभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ ।