काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्दैछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ । युएईले ३१ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो ।
युएईका लागि साईमान अनवारले ३०, अदनान मुफ्तीले १८, गुलाम शाबेरले १६ तथा मोहम्मद बुटाले १५ रन बनाए । युएईलाई ११४ रनमा समेट्न नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने ३, तथा पारस खड्काले २ र करन केसीले १ विकेट लिए ।
नेपालले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ ।















प्रतिक्रिया