२ कार्तिक २०८३, सोमबार

एमालेले टुंगो लगायो समानुपातिक सांसद, काे काे परे ? (सूचीसहित)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: रासस

काठमाडौँ, २८ माघ । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका समानुपातिक तर्फका सांसदहरुको टुंगो लगाएको छ । आइतबार बसेको स्थायी समितिको बैठकले ४१ जना सांसदको नाम टुंग्याएको हो । त्यसमध्ये ३७ महिला र ४ पुरुष परेका छन् ।

सूची अनुसार दलिततर्फ ५, आदिवासी जनजातितर्फ ११, खसआर्यतर्फ १२, मधेसीतर्फ ६, थारुतर्फ २ र मुस्लिमतर्फ १ महिलाको प्रतिनिधित्व गराइएको छ । त्यसैगरी चार जना पुरुषको नाम पनि परेको छ । निर्वाचन आयोगले तीन दिनभित्र नामावली बुझाउन शनिबार दलहरुलाई पत्राचार गरेको थियो । आयोगमा नाम बुझाउने नामको टुंगो लगाउन आइतबार एमाले बैठक बसेको थियो ।

यस्तो छ एमालेले टुंगो लगाएको समानुपातिक सांसदहरुको सूचीः

१. मुकुन्द न्यौपाने (खसआर्य–पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति–पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र–पुरुष)
४. मोतीलाल दुगड (मधेसी–पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति–महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति–महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति–महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति–महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति–महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति–महिला)
११. नबिना लामा (आदिवासी जनजाति–महिला)
१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति–महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति–महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति–महिला)
१५. राधाकुमारी ज्ञवाली (खसआर्य–महिला)
१६. बिन्दा पाण्डे (खसआर्य–महिला)
१७. गोमा देवकोटा (खसआर्य–महिला)
१८. कल्याणीकुमारी खड्का (खसआर्य–महिला)
१९. निरुदेवी पाल (खसआर्य–महिला)
२०. मनकुमारी जिसी (खसआर्य–महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य–महिला)
२२. विष्णु शर्मा (खसआर्य–महिला)
२३. सरिता न्यौपाने (खसआर्य–महिला)
२४. मैनाकुमारी भण्डारी (खसआर्य–महिला)
२५. तीर्था गौतम (खसआर्य–महिला)
२६. शान्ता चौधरी (थारु–महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु –महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु –महिला)
२९. निरादेवी जैरु (दलित–महिला)
३०. बिमला विश्वकर्मा (दलित–महिला)
३१. बिमला विक (दलित–महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित–महिला)
३३. सानु शिवा (दलित–महिला)
३४. आशाकुमारी विक (दलित–महिला)
३५. जुलीकुमारी महतो (मधेसी–महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी–महिला)
३७. सरलाकुमारी यादव (मधेसी–महिला)
३८. रेखाकुमारी झा (मधेसी–महिला)
३९. सरिताकुमारी गिरी (मधेसी–महिला)
४०. कालिला खान (मुस्लिम–महिला)
४१. समिना हुसेन (मुस्लिम–महिला)