१ कार्तिक २०८३, आइतबार

होण्डाका मोटरबाइक, कसको कति मूल्य ?

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । सन् २००१ मा दोस्रो ठूलो इन्जिन उत्पादकको उपाधी जित्न सफल होण्डाको नेपाली अटो बजारमा राम्रो पकड छ । ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न मोडलका स्कुटर र मोटरसाइकल बजारमा ल्याएको छ ।

होण्डाका स्ट्रीट, स्पोर्ट्स र एड्भेन्चरका लागि तयार पारिएका विभिन्न मोडलका बाइक बजारमा छन् । १ लाख ७० हजार रुपैयाँ मूल्यको होण्डा सिडी ११० देखि २६ लाख ९० हजार रुपैयाँ पर्ने सिआरएफ १००० एल सम्मका मोटरसाइकल नेपाली बजारमा छन् ।

होण्डा सिबी १९० आर एड्भान्स जापानी टेक्नोलोजीमा निर्मित १८४ सिसीको बाइक हो । १५० सिसी इन्जिनको जति मात्रै तेल खपत हुने दावीसहित कम्पनीले यो मोडललाई बजारमा ल्याएको हो ।

एलइडी लाइट र इन्भर्टेड फोर्क लाइट यसमा समावेश छ । १२ लिटर फ्युल ट्यांक, हाइड्रोलिक फ्रन्ट र रियर डिस्क ब्रेक, एयर कुलिङ सिस्टम समावेश यसको बजार मूल्य ५ लाख ९९ हजार रुपैयाँ छ ।

सिबी ५०० एफ ४७१ सिसीको मोटरसाइकलमा एलइडी फ्ल्यास लाइट तथा हेडल्याम्प सहित डिजिटल प्यानल जडान गरिएको छ । यसमा १६.७ लिटरको इन्धन ट्यांक छ । स्पोर्ट्स एड्जस्ट, टु सिलिन्डर, फोर स्ट्रोक र लिक्वीड कुलर जस्ता विशेषता भएको यो बाइकको बजार मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ ।

सिबी आर १५० आर एसटिडी ६ गियर भएको १४९.४ सिसीको यो बाइकमा १३ लिटरको इन्धन ट्यांक छ । आपतकालीन अवस्थाको लागि २ लिटर रिजर्ब तेल रहन्छ । एलइडी टेल लाइट सहित फ्रन्ट र रियर डिस्क ब्रेक, सिङ्गल सिलिन्डर, ३८ कि.मि. प्रति लिटर माइलेज रहेको यसको मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सिबी आर २५० आर एसटिडी २४९.६ सिसी इन्जिन क्षमता भएको यस मोटरसाइकलमा ६ गियरको स्पिड छ । १३ लिटरको इन्धन ट्यांक रहेको यो सिरिजले २९ कि.मि. प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। यो सिरिज कालो, रातो, सेतो र पहेँलो रंगमा बजारमा छ। बजार मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सिबी आर २५० आर एसटिडी रेप्सोल एडिसन १३५ कि.मि. स्पिड सीमा तोकिएको रेप्सोल एडिसनमा सिङगल सिलिन्डर सहित ६ गियरको स्पिड छ । १३ लिटर क्षमताको तेल ट्यांक रहेको यो सिरिजले ३० देखि ४० कि.मि. प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । रेप्सोल एडिसनको मूल्य बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।

सिबी आर २५० आर (एबिएस) २४९.६ सिसी क्षमता भएको सिबी आरमा सिङ्गल सिलिण्डर इन्जिन छ । ६ गियरको स्पिड, १३ लिटर तेल ट्यांक सहित १४५ कि.मि स्पिड सीमा कम्पनीले तोकेको छ । रातो, कालो, सेतो कलरमा आएको यो बाइकले औसत ३५ कि.मि. प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ ।

यसको डिस्क ब्रेकमा एबिएस सिस्टम पनि जडान गरिएको छ । एबिएसको काम डिस्क ब्रेक लगउँदा चक्कालाई पुरै जाम हुन नदिने र चालकलाई ब्रेकको कारणले लड्नबाट जोगाउनु हो । यो बाइकको बजार मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।

सिबी आर २५० आर (एबिएस) रेप्सोल एडिसन सुरक्षाको विषयलाई प्राथमिकता राख्दै डिस्क ब्रेकमा (एबिएस) जडान गरी सि.बि.आर रेप्सोलको सीमित एडिसन पनि बजारमा छ । २४९.६ सिसी क्षमताको यो बाइकमा ६ गियर, सिङ्गल सिलिण्डर छ । १३ लिटर इन्धन ट्यांक रहेको यो बाइकको ३५ कि.मि प्रति लिटर माइलेज तोकिएको छ । यसको बजार मूल्य ६ लाख ४९ हजार रुपैयाँ छ ।

सिबीआर ६५० एफ १९४ कि.मि.सम्म प्रति घण्टा स्पिड तोकिएको यो बाइकको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । ब्ल्याक मेटालिक र मिलिनियम रेड कलरमा यो मोटरसाइकल बजारमा उपलब्ध छ । ६४८.७२ सिसी इन्जिन क्षमता यसमा छ । यो बाइकमा ६ गियरको स्पिड तथा ४ सिलिण्डर समावेश छ ।

सिबीआर ६०० आर.आर रातो र कालो रंगमा बजारमा आएको सिबीआर ६०० आरआरको इन्जिन क्षमता ५९९ सिसीको छ । यो बाइकमा लिक्वीड कुल्ड फोर स्ट्रोक इन्जिन रहेको छ । सिङगल पिस्टन हाइड्रोलिक क्यालिपर, एविएस ब्रेकिङ सिस्टम यसमा छ । ६ गियरमा रहेको यो बाइकको बजार मूल्य २४ लाख २५ हजार रुपैयाँ छ ।

एड्भेन्चर बाइक एक्स आर १५० एल विशेषतः कच्ची बाटोको लागि तयार पारिएको यो बाइक अन्य भन्दा अग्लो देखिन्छ । ४४ इन्च अग्लो यस मोटरसाइकलमा १२ लिटरको इन्धन ट्यांक छ । फोर स्ट्रोक सहित सिङगल सिलिण्डर रहेको इन्जिनको क्षमता १४९ सिसी छ ।

जसको गियर स्पिड ५ सम्म छ । स्टार्ट गर्नको लागि सेल्फ र किक दुवै सुविधा भएकाले चिसोबाट छुटकारा दिलाउँछ। यसको बजार मूल्य ४ लाख ८० हजार रुपैयाँ छ ।

एक्स आर १९० एल फार्म अफरोड नाम दिइएको यो बाइकको इन्जिन क्षमता १८४ सिसी छ । रातो रंगमा मात्र बजारमा आएको यसमा २० केजी सम्म सामान बोक्न मिल्ने क्यारी र्याक पनि समावेश छ । ‘एक्स्ट्रा मड प्रोटेक्सन’ले गर्दा बाइकलाइ हिलो बाटोले त्यति फरक पार्दैन ।

१२ लिटरको इन्धन ट्यांक भएकाले टाढाको गन्तव्यलाई पछ्याउँदा चिन्तित हुनु नपर्ने कम्पनीको दावी छ। पाँच गियर सहित बजारमा आएको यसको मूल्य ५ लाख ७० हजार पर्दछ ।

सिआरएफ २५० एल (एबिएस) एबिएस ब्रेकिङ सिस्टम जडित यो पनि डर्ट बाइक नै हो । २४९.५ सिसी इन्जिन क्षमता रहेको बाइकमा सिङगल सिलिण्डर छ । ६ गियरको स्पिड रहेको २५० एल रातो रंगमा मात्र बजारमा छ ।

१० लाख ५० हजार रुपैयाँ मूल्य रहेको यसको इन्जीनलाई माटोबाट बचाउन ‘स्किड प्लेट’ जडान गरिएको छ । सेल्फ स्टार्ट भएको यसमा ७.८ लिटर इन्धन भण्डारण क्षमता छ । अगाडि र पछाडि रहेको पिस्टन ब्रेकिङ सिस्टमले स्पिड कन्ट्रोल गर्न मद्दत गर्छ ।

सिआरएफ र्याली २५० (एविएस) एलइडीको प्रयोग गरी बनाइएको पावरफुल हेडलाइटलाई ढुँगाबाट बचाउन स्किड प्लेटले कभर गरिएको छ । जसले गर्दा र्याली २५०को फ्रन्ट भ्यु युनिक देखिन्छ । डिजिटल ड्यासबोर्ड सिस्टममार्फत सवारीको स्थितिको बारेमा जानकारी लिन सकिन्छ ।

सिङगल सिलिण्डर, फोर स्ट्रोक रहेको इन्जिनको क्षमता २४९ सिसी छ । १२ लाख ७५ हजार रुपैयाँ बजार मूल्यको यो बाइकमा १०.१ लिटर टयांक र ६ गियरसम्मको स्पिड छ । यो कालो, रातो र सेतो कलरमा उपलब्ध छ ।

सिआर एफ १००० एल अफ्रिका ट्वीन एसटिडी २५ लाख ५० हजार रुपैयाँ मूल्य रहेको यो सिरिजको बाइकमा ९९८ सिसीको इन्जिन प्रयोग गरिएको छ । १९ लिटर इन्धन ट्यांक, टु सिलिण्डर (ट्विन इन्जिन) ६ गियर, अटोमेटिक डुअल क्लच, एलइडी (हेड, टेल, इन्डिकेटर), डिजिटल स्पिडोमिटर, लो ओइल इन्डिकेटर, लो फ्युल इन्डिकेटर जस्ता फिचर यसमा छन् ।

सिआर एफ १००० एल अफ्रिका ट्वीन डिटिसी ९४ हर्स पावर सहितको डिटिसी मोडलमा ९९९.१ सिसी प्याररल ट्वीन इन्जिनको प्रयोग गरीएको छ । चार्जीङ सकेट, इमरजेन्सी स्टप सिङ्गल, लिक्वीड कुल्ड फोर स्ट्रोक इन्जिन रहेको यो बाइकमा २४.२ लिटरको इन्धन ट्यांक छ । ६ गियरको स्पिड, दुई च्यानल रियर एबिएस स्विच अफ सिस्टम पनि समावेश छ। यसको बजार मूल्य २६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।