२ कार्तिक २०८३, सोमबार

नेफ सडक दौडको उपाधि श्रीराज र रोशनीलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । ओसिस पब्लिक स्कुलका श्रीराज महर्जन छात्र र तिलिङटार माविकी रोशनी श्रेष्ठले छात्रातर्फ दोश्रो नेफ सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ)द्वारा आयोजित प्रतियोगिताको छात्रमा लक्ष्मीपुर इङलिस स्कुलका सुनील श्रेष्ठले रजत तथा ग्रिनल्यान्ड हाइ स्कुलका नवीन श्रेष्ठले कांस्य जिते । छात्रामा गत संस्करणमा पहिलो भएकी सचिना सुनवारले दोश्रो स्थानमा चित्त बुझाइन् भने ओसिसकी रविना श्रेष्ठ तेश्रो भइन् ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल, नेफका अध्यक्ष नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँच किलोमिटर दूरीमा भएको दौडमा २१ विद्यालयका जम्मा २ सय २० खेलाडी सहभागी थिए । टोखाको झोरबाट सुरु भएको दौड धापासीस्थित ग्रिनल्यान्डमा आएर सम्पन्न भएको थियो ।