काठमाडौँ, २७ माघ । इङल्याण्ड अष्ट्रलियाविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा ७ विकेटले पराजित भएको छ । इङल्याण्डले दिएको १३८ रनको विजय लक्ष्य अष्ट्रेलियाले ३३ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेट्यायो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ३९, डीजेएम सर्टले अविजित ३६, क्रिष्टोफर लिनले ३१ तथा आरोन फिन्चले अविजित २० रन बनाए । इङल्याण्डका क्रिस जोर्डनले २ तथा डेभिड वाइलीले १ विकेट लिए ।
अष्ट्रेलियाको मेलबर्नमा टस हारेर ब्याटिङको निम्तो पाएको इङल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
उसका लागि जोस बट्लरले ४६ रन बनाए । इंल्याण्डलाई १ सय ३७ रनमा समेट्न अष्ट्रेलियाका रिचर्डसनले ३, बिल्लीले २ तथा एजे टाईले १ विकेट लिए ।
न्यूजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको त्रिदेशिया सिरिजका ७ वटा खेलमध्ये अहिलेसम्म भएका ३ वटै खेल अष्ट्रेलियाले जितेको छ । –एजेन्सी















प्रतिक्रिया