१ कार्तिक २०८३, आइतबार

म्याग्दी मराङमा प्रसूति केन्द्र स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २२ मंसिर । म्याग्दीको दुर्गम मराङमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ ।

यसअघि प्रसूति सेवाका लागि दरवाङ र सदरमुकाम बेनी पुग्न बाध्य मराङका सर्वसाधारणले अबदेखि गाउँकै स्वास्थ्य संस्थाबाट उक्त सुविधा प्राप्त गर्ने भएका छन् ।

चालु आर्थिक वर्षबाट स्वास्थ्य चौकीमा स्तरोन्नति भएको चौकीले आइतबारदेखि सुरक्षित प्रसूति सेवा पनि सुरु गरेको अहेव मोहन गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मराङ–९ की २७ वर्षीया दलमाया गर्बुजाले प्रसूति केन्द्रमा पहिलोपटक छोरा जन्माएकी छिन् । चौकीबाट २४ सैँ घण्टा प्रसूति सुविधा उपलब्ध रहेको जनाइएको छ ।

प्रशव अवस्थाको जोखिम न्यूनीकरण गर्दै मातृ शिशु मृत्युदर घटाउन म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामध्ये हालसम्म मराङ स्वास्थ्य चौकीसहित २० वटामा २४ सैँ घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।