१ कार्तिक २०८३, आइतबार

सार्कका सांस्कृतिक महत्व झल्काउने पुस्तक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ मंसिर । सार्क देशहरुको सांस्कृतिक महत्व झल्काउने चित्रमय पुस्तकको आइतबार साँझ चितवनमा विमोचन गरिएको छ ।

सार्क सूचना केन्द्रको आयोजना तथा पत्रकार महासङ्घको संयोजनमा उक्त पुस्तकको विमोचन गरिएको हो ।

सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले पुस्तकको विमोचन गर्दै पुस्तकमा सार्क देशको जानकारीसँगै सांस्कृतिक महत्वबारे सूचना दिने बताउनुभयो ।

सार्क स्थापना भएको ३० औँ वर्षको अवसरमा तयार पारिएको सो पुस्तक सार्क देशका लागि ऐतिहासिक रहेको उहाँको भनाइ थियो ।

पुस्तकमा आठ देशको संस्कृति झल्कने विषय समावेश छन् ।

अहिलेसम्म अठारौँ सार्क सम्मेलन भएकामा नेपालमा तीनवटा सम्मेलन भएको कार्यक्रममा जानकारी गराएको थियो ।