१४ कार्तिक २०८३, शनिबार

चुनाव सकिएको ६४ दिनपछि समानुपातिकको नतिजा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । तिनिधिसभा समानुपातिकतर्फको चुनाव सकिएको ६४ दिनपछि शुक्रबार निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्दै पाएको सिट संख्याअनुसार विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूलाई पत्राचार गरेको छ ।

दुई दिनअघि राष्ट्रिय सभा चुनाव सम्पन्न भई परिणाम आएपछिआयोगलाई समानुपातिकको परिणाम दिन बाटो खुलेको हो । समानुपातिकतर्फको १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रियजनता पार्टीले ६ र संघीय समाजवादी फोरमले ६ पाएका छन् । कान्तिपुर दैनिकले खवर छापेकाे छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा अब एमालेको १२१, कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ सिट पुगेको छ । त्यसबाहेक समानुपातिकमा सिट पाउन नसकेका राप्रपाको १, नयाँ शक्तिपार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेमकिपाको १ र स्वतन्त्र १ सांसद छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना राष्ट्रपतिबाट मनोनीत गरिनेछ भने निर्वाचनबाट चुनिएका ५६ मा एमालेका २७,कांग्रेसका १३, माओवादीका १२, राजपाका २ र फोरमका २ सांसद छन् ।

संवैधानिक प्रावधानअनुसार तीन प्रतिशत मत कटाउन सफल पाँच दलले मात्रैसमानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व पाएका हुन् । यी पाँच दलले मात्र संसद्मा राष्ट्रिय दलकोमान्यता पाउनेछन् । कानुनले प्रत्यक्ष न्यूनतम एक सिट जितेको र समानुपातिकबाट तीनप्रतिशत मत ल्याएको दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिएको छ । आयोगका अनुसार समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७ सय ७९ मत सदर भएको थियो ।

समानुपातिकतर्फ ४९ दलले भाग लिएका थिए। त्यसमध्ये ४४ दलले ३ प्रतिशत मत कटाउनसकेनन् । उनीहरूले पाएको करिब १० लाख मतको प्रतिनिधित्व हुने छैन । त्यस्तै करिब १०लाख मत बदर भएको आयोग प्रवक्ता नवराज ढकालले बताए ।

कुन दलको कति सिट ?

एमाले १२१
कांग्रेसले ६३
माओवादी केन्द्र ५३
राजपा १७
फोरम १६
अन्य ५