१४ कार्तिक २०८३, शनिबार

को को बन्दै छन् मुख्यमन्त्री ?

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । संघीय व्यवस्था कार्यान्वयनका लागि मुलुकका ७ वटै प्रदेशमा प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ । यसैक्रममा ६ वटा प्रदेशमा मुख्यमन्त्रीको लगभग टुंगो लागेको छ।

अाजकाे नागरिक दैनिकमा खवर छ – सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनका तर्फबाट र प्रदेश नम्बर २ मा मधेस केन्द्रित दलबाट मुख्यमन्त्री बन्ने देखिएको छ। वाम गठबन्धनबीच सहमति भएअनुसार नेकपा एमालेले ४ र माओवादी केन्द्रले दुई प्रदेशमा मुख्यमन्त्री पाएका छन्। २ नम्बर प्रदेशमा भने संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बन्ने भएका छन्। एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने, टुंगिन अझै बाँकी छ भने अन्य प्रदेशको टुंगो लागिसकेको छ।

प्रदेश नम्बर १ मा एमालेका शेरधन राई मुख्यमन्त्री हुने पक्का भएको छ। उता प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मोहम्मद लालबाबु राउत मुख्यमन्त्री हुने पक्का भएको छ ।

यसैगरी प्रदेश ३ मा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री हुने भएका छन्। प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन। यस्तै प्रदेश नम्बर ७ मा पनि माओवादीले नै मुख्यमन्त्री पाएको छ। यो प्रदेशमा माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट छानिएका छन्।

बाँक रहेको प्रदेश नम्बर ४ मा मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । वाम गठबन्धनको भागबन्डाअनुसार यो प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमालेबाट यो पदमा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ दाबेदारका रुपमा देखिएका छन् ।

प्रदेश भावी मुख्यमन्त्री राजनीतिक दल:

१. शेरधन राई-एमाले

२. लालबाबु राउत संघीय-फोरम

३. डोरमणि पौडेल-एमाले

४. टुंगिन बाँकी-एमाले

५. शंकर पोखरेल-एमाले

६. महेन्द्रबहादुर शाही-माओवादी केन्द्र

७. त्रिलोचन भट्ट-माओवादी केन्द्र