२ कार्तिक २०८३, सोमबार

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज दोस्रो स्मृति दिवस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसले आज आफ्ना पूर्वसभापति सुशील कोइरालाको दोस्रो स्मृति दिवस मनाउँदैछ ।

नेपालका ३७ औं प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति थिए । सभापति रहेकै बेला उनको निधन भएको थियो ।

२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो । कोइरालाको सम्झनामा देशका बिभिन्नमा जिल्लामा काँग्रेसका जिल्ला कार्य समिति तथा भातृ संगठनहरुले बिविध कार्यक्रम गर्दैछन् ।