काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कलाकार तथा चलचित्र द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।
मानव तस्करको आरोप लागेका खड्गीलाई सीआईबीको टोलीले ठमेलबाट पक्राउ गरेको हो । उनले दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा विभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गर्ने गरेको आरोप लागेको छ ।
५७ वर्षीय खड्गीलाई काठमाडौँ जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको सीआईबीले जनाएको छ ।















प्रतिक्रिया