काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली नामिबियासँग खेल्दैछ ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो समाचार तयार पार्दासम्म नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ६४ रन बनाएको छ । नामिबियाका क्रेग विलियम्स ३४ र जेन ग्रिन १० रनका साथ क्रिजमा छन् ।
नेपालका सोमपाल कामीले दुई विकेट लिएका हुन् । उनले नामिबियाका भाण्डर वेष्टुजेनलाई बोल्ड गरेका छन् भने बार्डलाई क्याच आउट मार्फत पेबिलियन फर्काइदिएका छन् ।
नेपाल र नामिबियाबीचको यो पाँचौं पटकको भेट हो । पछिल्ला तीन खेलमा नेपालले नामिबियालाई पराजित गर्दै आएको छ ।
डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । प्रतियोगितामा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, ओमन र क्यानडा रहेको छ ।















प्रतिक्रिया