४ कार्तिक २०८३, बुधबार

नेपालको बारेमा ट्वीट गर्दै सलमान खानले के भने ?

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउडमा सुपर स्टार नायक सलमान खानले नेपाल बारे ट्वीट गरेका छन् । सलमानले ट्वीटमा अब नेपाल आउने पालो भन्दै ट्वीट गरेका हुन् ।

आगामी फागुन २५ गते ‘दबंग द टूर’ को लागि नेपाल आउन लागेका सलमानले ट्वीट गर्दै भनेका छन्, ‘नेपाल अब तपाईको पालो, हाम्रो स्वागत गर्नुहुन्न ?’ उनको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो ट्वीट लेखेका छन् ।

सलमानको साथमा बलिउडका सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन लगायतका कलाकार पनि नेपाल आउँदै छन् ।