२ कार्तिक २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर १ मा तुम्बाहाम्फेद्वारा मतदान बहिस्कार

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । प्रदेश नम्बर १ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचन सकिएको छ । ३६७ जना मतदाता रहेको १ नम्बर प्रदेशमा ३६४ जनाले मतदान गरेका छन् ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा भएको मतदानमा ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फेले आफ्नो पार्टीको उम्मेदवार नभएको भन्दै मतदान बहिस्कार गरे ।

त्यस्तै संखुवासभाका मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको गत महिना सवारी दुर्घटनामा मृत्यु भएको थियो भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँ मतदानमा सहभागी नै भइनन् ।

बिहान १० बजे सुरु भएको मतदान ३ बजे सकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले बुधबार रातिसम्ममा नै मतगणनाको परिणाम दिने बताएको छ । सो प्रदेशमा ८ मध्ये २ जनाका लागि मात्रै निर्वाचन गरिएको हो । अन्य छ जना भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।