२ कार्तिक २०८३, सोमबार

महेन्द्रबहादुर शाहीलाई प्रदेश नम्बर ६ को मुख्यमन्त्री बनाउने माओवादी निर्णय

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । माओवादीले महेन्द्रबहादुर शाहीलाई प्रदेश नम्बर ६ को मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

कालिकोट ‘ख’ बाट प्रदेश सभामा निर्वाचित शाही पूर्वऊर्जामन्त्री हुन् । प्रदेश इन्चार्ज शक्ति बस्नेत, पूर्वगृहमन्त्री जनार्दन शर्मा र संयोजक मायाप्रसाद शर्माबीच शाहीलाई मुख्यमन्त्री बनाउने समझदारी भएपछि मुख्यमन्त्रीको विवाद टुंगो लागेको हो । औपचारिक घोषणा भने बिहीबारमात्रै गरिने बताइएको छ । मुख्यमन्त्रीका लागि जुम्लाका युवा नेता नरेश भण्डारी पनि आकांक्षी थिए ।

एमालेसँगको सहमति अनुसार, माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । प्रदेश ७ मा डोटीका त्रिलोचन भट्टको नाम सर्वसम्मत भइसकेको छ । प्रदेश नम्बर ६ मा एमालेले सभामुख पाएको छ ।