
काठमाडौं, २४ माघ । २०७५ सालमा महान चाडपर्वहरु पछाडि धेकिलिएका छन् ।
आउने बर्षको जेठमा मलमास परेका कारण अधिकांश चाडवर्वहरु पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मलमासकै कारण दशैंको घटस्थापना असोज २४ गते परेको छ भने फूलपाती असोज ३०, महाष्टमी ३१ र महानवमी कात्तिक १ र विजयादशमी कात्तिक २ गते परेको छ ।
यसैगरी, तिहार कात्तिकको तेस्रो साता परेको छ । कात्तिक २१ गते लक्ष्मीपूजा, २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीका परेको छ । यसैगरी, तराईमा मनाइने छठ कात्तिक २७ गते परेको छ।
पात्रोका अनुसार, आमाको मुख हेर्ने तिथि वैशाख ३ गते सोमबार परेको छ । सोमबारका दिन मातथीर्थ औँसी पर्नुलाई महत्वका रुपमा हेरिन्छ ।
यसैगरी, वैशाख १७ बुद्धजयन्ती र उँभौली परेको छ । जेठ १ देखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ। मलमासमा कुनै पनि शुभकार्य गरिनुहुँदैन ।















प्रतिक्रिया