२ कार्तिक २०८३, सोमबार

एपीएफ स्कुल कप फुटबल प्रतियोगिता शुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौँमा मंगलबारबाट ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ शुरु भएको छ ।

उक्त फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा आयोजक एपीएफ स्कुलसहित नेपाल पुलिस स्कुल र ब्राइट होराइजन चिल्ड्रेन्स होम स्कुलले विजयी सुरुवात गरेका छन् ।

उद्घाटन खेलमा एपीएफ स्कुलले ग्रिन लन्स एकेडेमीलाई २–० ले तथा ब्राइट होराइजनले एभर भिजन सेकेण्डरी स्कुललाई ३–१ गोलको अन्तरमा पराजित गरेको हो ।

यसैगरी पुलिस स्कुलले पुष्पसदन आवासीय माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले पराजित गरी विजयी सुरुवात गरेको छ भने लिटल एन्जल स्कुल र ल्याबोटरी माध्यमिक विद्यालयले २–२ गोलको बराबरी खेलेका छन् ।

नेपाल एपीएफ स्कुलले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन्. । उक्त प्रतियोगिता आगामी फागुन १० गतेसम्म संचालन हुने बताइएको छ ।