१ कार्तिक २०८३, आइतबार

मदिरा सेवनले होटल व्यवसायीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiउदयपुर, २१ मंसिर । मदिरा सेवनका कारण उदयपुरमा आज एक जनाको ज्यान गएको छ ।

सदरमुकामस्थित त्रियुगा नगरपालिका २ गाईघाटका स्थानीय होटल व्यवसायी सम्भु कटुवालको मदिरा सेवनका कारण मृत्यु भएको हो ।

नगर प्रहरी गाईघाटका असई तुलसीराज घिमिरेका अनुसार गाईघाटबजारमा रहेको  कमल होटलका सञ्चालक ४६ वर्षीय कटुवाल शनिबार रातिदेखि नै घरेलु मदिरा पिएर बसेका थिए ।

रातभर मदिरा पिएर कुर्सीमै बसिरहेको अवस्थामा मृत्यु भएको परिवारजनलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार कटुवाल अधिकांस समय मदिरा सेवन गरी मातिरहेकै अवस्थामा भेटिन्थे ।

शनिबार बेलुकी पनि पिएर नसा लागेपछि ढल्किएका उनलाई चिसोका कारण ‘रक्त सञ्चाल’ समस्या भइ कक्रिएर मृत्यु भएको हुँन सक्ने प्रहरीको भनाइ छ ।