२ कार्तिक २०८३, सोमबार

नेविसंघका सभापतिको मृत्यु भएपछि पोखरामा झडप, पीएन क्याम्पस तनावग्रस्त

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ माघ । नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा-पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव सिर्जना भएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । पृथ्वीनारायण क्याम्पस रहेको बगर क्षेत्र तनावग्रस्त छ । विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएका ढकालको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ढकाल नेविसंघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन् ।

स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय ढकाललाई हिडिरहेको अवस्थामा नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

विद्यार्थीहरुले गाडी चालकले जानीजानी किचेर मारेको आरोप लगाएका छन् ।