२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय कराते प्रतियोगीता जितेका खेलाडीलाई सम्मान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु, २२ माघ । प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा सहभागी भई प्रथम, द्वितिय तथा सहभागीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी कपिलवस्तुले सम्मान गरेको छ । यही माघ १५ र १६ गते काठमाडौँको सात दोबाटोमा भएको इन्टरनेशनल कराते प्रतियोगितामा कपिलवस्तुको बुद्धशक्ती कराँते डोजो (क्लब)ले शानदार जित निकालेको थियो ।

नेपाल, भारत, बंलादेश र भुटानबीच भएको इन्टरनेशनल कराते प्रतियोगितामा चलिस केजी समुहका तिन खेलाडी विजयी भएका हुन् । कपिलवस्तुबाट ४ खेलाडी सहभागी भएका थिए । जस मध्ये ३ जनाले पदक जितेका हुन । कपिलवस्तुकी कराते खेलाडी सविना बुढा मगरले ४० केजी समुह अन्तर्गत झापाका खेलाडीलाई पछी पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन् ।

त्यस्तै कपिलवस्तुका सुरेन्द्र थारुले ४० केजी समुह अन्तर्गत भारतका खेलाडीलाई पराजित गर्दै रजतपदक जिते । थारुले द्वितिय स्थान हासिल गरेका हुन् । त्यसै ३५ केजी समुह अन्तर्गत काठमाडौँका खेलाडीलाई पराजित गर्दै कपिलवस्तुकै शनी थापा मगरले पनि रजतपदक जितेका छन ।

कपिलवस्तुका खेलाडीहरु इन्टरनेशनल प्रतियोगीतामा सहभागी भई देशकै शिर उचो राख्न सफल भएको मदन भण्डारी स्पोट्स एकेडेमीका केन्द्रीय सदस्य तेजेन्द्र बहादुर पाण्डेले बताए । खेलाडीहरुको क्षमतालाई स्थान नदिँदा खेलाडीहरु ओझेलमा परेको पाण्डले जनाए । कपिलवस्तुका खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा खेलेर जित हाँसिल गर्नु कपिलवस्तुवासी र नेपालकै इज्जत राख्ने भएकोले खेलाडीलाई उच्च सम्मान गर्नुपर्ने उनले बताए । राजिनिकि अंशवण्डाको आधार र पहुँचको कारणले मुख्य खेलाडीहरुले स्थान पाउन नसकेको उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सभापति विष्णुप्रसाद खतिवडाले जिल्लाका खेलाडीहरुलाई उच्च मुल्याङ्कन गर्नुपर्ने बताए । खेलले देश सँगै जिल्लाको गरिमालाई उच्च बनाएको भन्दै खेलाडीहरुलाई बधाईसँगै सफलताको कामना गरे ।

खेलाडीको मेहनतको कारणले यो जित हाँसिल गर्न सकेको बुद्धशक्ती कराते डोजोका नवराज पौडेलले बताए । कपिलवस्तु जिल्लाकै शिवराज नगरपालिकाका यि खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको खेलमा पुर्‍याउन सफल भएकोमा प्रशिक्षक पौडेलले खुसी व्यक्त गरे ।