१ कार्तिक २०८३, आइतबार

सरकारका प्रभावशाली मन्त्रीले किन भन्नु पर्‍यो ? ‘म नेपाली नागरिक हुँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra rijalकाठमाडौं, २१ मंसिर । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले आफूसँग अरु कुनै पनि देशको स्थायी बसोबासको अनुमति पत्र नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज सन्देश लेखेर मन्त्री रिजालले आफू नेपालको नागरिक नै रहेको स्पष्ट पारेका हुन् ।

विदेशी पीआर र स्थायी बसोबासको अनुमति पत्रलाई लिएर विभिन्न खालका टिकाटिप्पणी हुन थालेपछि रिजालले त्यसको खण्डन गरेका हुन् ।

‘म नेपालको नागरिक हुँ, नेपालको स्थायीबासी हुँ’, मन्त्री रिजालले भनेका छन्, ‘मसंग अरु कुनै पनि देशको स्थायी बसोबासको कुनै पनि प्रकारको अनुमति पत्र छैन ।’

उनले यस विषयमा अन्यथा भ्रम सृजना गर्ने कोसिस भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

विदेशी नागरिकता, पीआर र स्थायी बसोबास अनुमति लिएका कर्मचारीका विषयमा संसदीय समितिले सरकारसँग लिखित जानकारीसमेत माग गरिसकेको छ ।