
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् ।
राष्ट्रियसभाको चुनाव सकिएकै दिन बुधबार साँझ देउवाले राजीनामा दिने तयारी गरेका हुन् । राष्ट्रियसभाको चुनाव आगामी बुधबार हुँदैछ ।
राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा मनोनित हुने तीन जनाको नाम पनि एकलौटी सिफारिस गर्ने दाउमा देउवा रहेको स्रोतले बतायो ।
चुनावपछि कामचलाउमा परिणत भएको सरकारले दीर्घकालिन महत्वका निर्णयहरु धमाधम गरी आउने सरकारलाई अप्ठेरो पार्ने काम गरेको भन्दै देउवा आलोचित हुँदै आएका छन् ।















प्रतिक्रिया