२ कार्तिक २०८३, सोमबार

जमुनालाई महंगो भयो अबैध यौन सम्बन्ध

64.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २२ माघ । दैलेखमा एक किशोरीका लागि अवैध यौन सम्बन्ध महंगो सावित भएको छ । प्रेमीसँगको यौन सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एकजना किशोरीलाई पक्राउ गरेको छ ।

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया जमुना रावल सोमबार प्रहरी फन्दामा परेकी हुन् ।

विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा १२ मा अध्ययनरत अविवाहित ती किशोरीले अवैद्य यौन सम्बन्धबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४, बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुलेपछि ती किशोरीलाई दुल्लूबजारको डेराबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घर लिप्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरुले आइतबार मृतअवस्थामा गाडेको नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको प्रहरीले जनाएको छ ।