२ कार्तिक २०८३, सोमबार

ललितपुरमा जाँड खाएर मोटरसाइकल हाँक्दा…

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ माघ । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका ओखलढुंगाका प्रेमबहादुर कार्कीको ज्यान गएको हो । दुर्घटनापछि बीएण्डबी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । कार्कीले जाँड खाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका भोजपुरका गणेश तिवारी पनि घाइते छन् । उनको उपचार भइरहेको छ ।