२ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा केसीद्वारा तनहुँमा निवेदन दर्ता

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । त्रिवि शिक्षण अस्पतालका विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका छन् ।

डा. केसीसहित डा. अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले हस्ताक्षर गरेको निवेदन जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको हो । निवेदनमा २०३० साउन २१ मा तनहुँबाट जारी भएको नागरिकताको प्रतिलिपी, नागरिकता उपलब्ध गराउँदाका मिसिल कागजपत्र, २०५३ सालमा जारी भएको सोही नागरिकताको प्रतिलिपी माग गरिएको छ ।

यसअघि डा केसीले सोही व्योहोराको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि पेश गरेका थिए ।