काठमाडौं, २१ मंसिर । राजधानीमा यही साता हुन गइरहेको नेपाल निर्माण व्यवसायी महासंघको १७ औ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीहरु आ–आफनो एजेण्डा सहित चुनावी मैदानमा ओर्लिएका छन् ।
प्रजातान्त्रिक खेमाबाट हुमनाथ कोइरालाले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ । निर्माण व्यवसायी संघ स्याङजाको प्रस्तावमा उम्मेदवारी दर्ता गर्नु भएका कोइरालालाई भक्तपुर जिल्लाले औपचारिक समर्थन गरिसकेको छ भने विभिन्न जिल्लाबाट उहाँको पक्षमा समर्थन आउने क्रम पनि जारी रहेको छ । दुई दशक अघि देखि निर्माण व्यवसायमा संलग्न कोइराला हाल बिकोइ बिल्डर्स प्रालिका अध्यक्ष हुनुहुन्छ । सिभिल इन्जिनियरिङमा डिप्लोमा तथा एमबीए समेत गर्नु भएका कोइरालाको नेतृत्वमा मुलुकमा धेरै ठुला परियोजनाहरु सम्पन्न भइसकेका छन् । कोइरालाको नेतृत्वको कम्पनीले अहिले सम्म सहजपुर – डडेलधुरा सडक, इलाम–फिदिम सडक लगायतको निर्माण कार्य पुरा गरिसकेको छ । राजधानीको सानो गौचरणमा सुविधा सम्पन्न केएल रेसिडेन्सी हाउजिङ सहित चितवनमा बोटलर्स् नेपाल र नवलपरासीको गैडाकोटमा गोर्खा ब्रुअरीको सुविधा सम्पन्न कारखानाहरु पनि कोइराला नेतृत्वको कम्पनीले तयार गरेको छ । उहाँकै अग्रसरतामा मुलुकमा प्रमुख व्यापारीक केन्द्रहरुमा अत्याधुनिक होटलहरु निर्मण भइरहेको छ । त्यस्तै मध्य मस्र्याङदी परियोजनामा कार्यरतहरुका लागि आधुनिक क्याम्पहरु पनि कोइरालाकै पहलमा बनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीबाट प्रभावित कोइराला निर्माण व्यवास क्षेत्रलाई मर्यादित तथा व्यवासयीक बनाउनु आफनो पहिलो एजेण्डा भएको बताउनुहुन्छ । आफु एउटा राष्ट्रसेवक व्यवसायी भएको बताउने कोइरालाले आफुले महासंघको नेतृत्व गर्ने मौका पाएमा महासंघका नीति नियमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी व्यवसायीहरुको हक हितका लागि लड्ने जानकारी दिनुभयो । विभिन्न श्रेणीका गरी मुलुकमा अहिले १७ हजार भन्दा बढी व्यवसायी रहेको जानकारी दिँदै कोइरालाले उनीहरुलाई राज्यले हेर्ने व्यवहारमा अझै परिवर्तन आउन नसेको बताउनुभयो ।
कोइरालाको प्यानलबाट महासचिवमा भक्तपुरका रामशरण देउजाले उम्मेदवारी दिनु भएको छ । महासंघको सत्रौ महाधिवेशन यही मंसिर २६ देखि राजधानीमा सुरु हुँदैछ ।















प्रतिक्रिया