२ कार्तिक २०८३, सोमबार

चार वटा प्रदेशको आज पहिलो प्रदेश सभा बैठक, यस्ता छन् एजेण्डा र तयारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । चार वटा प्रदेशको आज पहिलो प्रदेश सभा बैठक बस्दैछ ।

प्रदेश नम्बर २, ५, ६ र ७ को आज पहिलो प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेश नम्बर दुईको जनकपुर, पाँचको बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्नेछ । बैठकका लागि अधिकांश प्रदेश सांसदहरु शनिबार नै अस्थायी मुकाममा पुगेका छन् ।

चारवटै प्रदेशमा बस्ने प्रदेशसभा बैठकका मुख्यतः तीन वटा एजेण्डा रहेका छन । प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु बैठकको मुख्य एजेण्डा हो ।

सबै प्रदेशले समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । प्रदेश सदस्यको मन्तव्य पछि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धी कार्यविधी २०७४ सभामा पेश हुनेछ । प्रदेशसभा बैठकपछि प्रदेशका सभामुख र उपसभामुख लगायतको विषयमा छलफल हुनेछ ।

प्रदेश नम्बर २ मा रातारात काम गरी हल तयार गरिएको छ । प्रदेश नम्बर ५ को बैठकका लागि बुटवल खयरघारीमा रहेको उद्योग वाणिज्य संघको हल सजाइएको छ । प्रदेश सभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलमा होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् ।

यसैगरी, प्रदेश नम्बर ६ को पनि जेनतेन हल सजाइएको छ भने ७ नम्बरका लागि भाडामा कुर्सी ल्याइएको छ ।

संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ प्रतीक्षा गरेका छन् ।