काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शेरबहादुर’लाई राम्रो प्रतिक्रिया मिलेको छ । चलचित्र ‘शेरबहादुर’लाई सोचे जस्तो दर्शकको साथ त मिली रहेको छैन तर जति दर्शक हलमा आएका छन् सबैले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार ४५ प्रतिशत अकुपेन्सि कायम गरेको ‘शेरबहादुर’ले शनिबार ६५ प्रतिशत मात्रै अकुपेन्सि कायम गरेको छ । वितरकका अनुसार शनिबार ८० प्रतिशत माथिको अकुपेन्सि अनुमान गरिएको थियो । तर दर्शक सोचे जस्तो हलमा आएका छैनन् ।
जति दर्शकको साथ मिलेको छ सबैले फिल्म मन परेको र यसको बारेमा विस्तारै सबैमा जानकारी पुग्ने प्रतिक्रिया दिएका छन् । कतिपय दर्शक आफैले चलचित्र हलिउडको प्रभावमा बनाइएको थाहा हुँदाहुँदै हेरेको र नेपालमा पनि हलिउडको जस्तै फिल्म निर्माण हुन सक्छ भने विश्वास ‘शेरबहादुर’बाट मिलेको बताएका छन् ।
राजधानीका सिंगल थिएटरहरुमा विहानको शो ठिकै रहेको थियो भने दिउँसोको शो मा दर्शकको साथ बढ्दै गईरहेको पाईयो । गोपिकृष्ण, अष्टनारायणलगायतका हलमा दर्शकहरु सुनिल थापा र रविन्द्र झासँग सेल्फि खिच्न व्यस्त देखिन्थे । दुई दिनमा कति कमाएको छ भने बारे वितरकले आईतवार मात्रै आधिकारीक रिपोर्ट दिने बताएका छन् । चलचित्र हेरेका दर्शकहरुले सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा चारै जनाको अभिनयको प्रशंसा गरेका छन् ।
गौरी शंकर धुजु र धिरज राजबंशीको निर्माण रहेको फिल्म ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । सस्पेन थ्रिलर विधामा निर्माण भएको ‘शेरबहादुर’मा अवकाश प्राप्त एक आर्मीको कथा समेटिएको छ । ‘शेरबहादुर’मा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रबिन्द्र झाको मुख्य भुमिका रहेको छ ।















प्रतिक्रिया