२ कार्तिक २०८३, सोमबार

प्रचण्डको सचिवालयबाटै ओलीलाई सनसनीपूर्ण आरोप, हेर्नुस तीन आरोपहरु

42.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाएका छन् ।

भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका स्वकीय सचिव मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि एमालेको शीर्ष नेतृत्वमा निकै चर्चाको विषय बनेको छ ।

तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै फेसबुकमा तीन अवतार प्रस्तुत गरेका छन् ।

उनका अनुसार, १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री स्वराजको भ्रमणका विषयमा सकारात्मक चर्चाहरु भइरहँदा पार्टी एकता प्रक्रियामा रहेको माओवादी अध्यक्षका सहयोगीबाट यस्ता आरोपहरु सार्वजनिक हुनुलाई एमाले नेताहरुले गम्भीरतापूर्वक लिएका छन् ।

को हुन् तिमल्सिना ?

प्रकाश दाहालको मृत्यु भएपछि तिमल्सिनाले प्रचण्डको सचिवालय सम्हाल्दै आएका छन् । प्रचण्डको दाहिने हातका रुपमा उनले सचिवालय सम्हाल्दै आएका छन् । प्रचण्डसँगको भेटवार्ता र उनको प्रेस सम्बन्धी कामको सबै संयोजन उनै तिमल्सिनाले गर्दै आएका छन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनको टिममा बसेर काम गरेका व्यक्ति हुन् ।