४ कार्तिक २०८३, बुधबार

सरकारी जागिरे सीता अब गीतकार पनि

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी जागिरे सीता पौडेल गीतकार पनि हुन । उनले लेखेको ‘बसन्तको बहारसंगै’ बोलको गीत हाल बजारमा सार्वजनिक भएको छ ।

यो गीतपछि अर्को गीत लेख्ने उनको योजना रहेको छ । उनले लेखेको गीतलाई मेलिना राईले स्वर दिएकी छन् । दीप घतानीले संगीत दिएका छन् ।

गीतमा मेलिनाले स्वर दिएकोले गीत त्यसै पनि कर्णप्रिय छ । झापा घर भएकी सीता हाल पुरातत्व विभागमा काम गर्छिन । गीतकारबाट आफू चिनिने उनको धोको छ । त्यसैले उनी क्षेत्रमा निरन्तर सकेसम्म प्रयास गर्छिन ।

‘बसन्तको बहारसंगै गाउँछौ कसको निम्ती, मायालुलाई मेरो खवर पु-याउन विन्ती’ भनी उनले कसलाई खवर पु-याउन खोजेकी हुन्, त्यो त थाहा छैन तर गीत लेखेर आफूले आफूलाई सन्तुष्ठ मिल्ने उनको भनाइ छ ।