४ कार्तिक २०८३, बुधबार

प्रिया र बद्रीको ‘कान्छा–कान्छी’ सार्वजनिक

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी । गायिका प्रिया भण्डारीले आफ्नो एल्वम ‘कान्छा’ सार्बजनिक गरेकी छन् । हालै बजारमा आएको निकै लोकप्रिय लोकदोहोरी गीत‘कान्छी ओइ कान्छी’ शीर्ष गीतमा गायिका प्रियाले कान्छाको रुपमा लोकप्रिय गायक बद्री पंगेनीलाई कान्छा भन्दै गीतको माध्यममा सार्बजनिक गरेकी हुन् ।

लोकदोहोरी गीतमा कान्छी र कान्छाबीचको गीति कहानीमा प्रियाले कान्छाको रुपमा बद्री र कान्छीको रुपामा प्रियाको रुपमा प्रस्तुत गीतमा उल्लेख छ ।

पछिल्लो समयमा गायक पंगेनी र गायिका भण्डारीले स्वर दिएको नयाँ गीत ‘कान्छी ओइ कान्छी’ बजारमा आएको हो । यस गीतमा गायक पंगेनी र गायिका भण्डारीको स्वर निक्कै मिलेको छ । गीत सार्बजनिक गरेकै केहि दिनमै निकै चर्चा बटुलेको छ ।

माया प्रेममा दुइ प्रेमीीबचको रमाइलो कथा बस्तु गीतमा रहेको गायिका प्रियाले बताइन् । दुई प्रेमीका माया प्रेमका मिठा छेडहरू गीतको मुख्य कथाबस्तु रहेको गायिका प्रियाको भनाई छ ।

लोकप्रिय गीतकार एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतलाई सीतारा म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । शंकर बिसी र रश्मि तामाङको अभिनय रहेको छ ।

गीतमा बालकलाकारहरुको नृत्य देख्न सकिने उक्तगीत शंकर बिसिले निर्देशन गरेका हुन । गीतको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।